काठमाडौं । हत्याका आरोपी वडाध्यक्ष नाटकीय रुपमा दुई लाख धरौटीमा जिल्ला अदालत रौतहटबाट छोडेका छन् । तर, सोही मुद्दाका अन्य दुई आरोपी भने पुर्पक्षका लागि जेलमा छन् ।
६२ वर्षीय श्रीराम साह हत्याका मुख्य आरोपी शेख नरुल्ला दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । नरुल्ला रौतहटस्थित देवाही गोनाही १ का वडाध्यक्ष हुन् ।
साह रौतहट माधवनारायण २ स्थित हनुमन मन्दिरका पुजारी थिए । उनीहरुबीच राम्रो सम्बन्ध थिएन । प्रहरीका अनुसार नरुल्लाले शुक्रबार साँझ साढे ५ बजे अदालतमा आत्मसर्पण गरेका थिए ।
वकिलसहित अदालत पुगेका उनको तत्कालै वकपत्र भएको थियो । सोही वकपत्रका आधारमा न्यायाधीशले शुक्रबार नै दुई लाख धरौटीमा छाड्ने आदेश दिएका थिए । अदालत सोही मुद्दाका लागि शुक्रबार बेलुकासम्म खुलेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटका प्रमुख सुवास भट्टराईले खदालतको आदेशमा दुई लाख रुपैयाँ धरौटी पेस गरेपछि नरुल्ला छुटेको बताए । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्