कैलाली भन्सार कार्यलयद्वारा लक्ष्यभन्दा आठ प्रतिशत बढी राजश्व संकलन « Image Khabar


कैलाली भन्सार कार्यलयद्वारा लक्ष्यभन्दा आठ प्रतिशत बढी राजश्व संकलन


Border circle
Imagekhabar

कैलाली । कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजश्व संकलन वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको जनाएको छ ।

गत आर्थिक बर्षमा आठ अर्ब २१ करोड ७३ लाख राजश्व संकलन लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारीका कारण लक्ष्य भन्दा २७ प्रतिशत कम राजश्व संकलन भएको थियो ।

कैलाली भन्सार कार्यालयलाई सरकारले चालु आर्थिक बर्षमा ११ अर्व ८२ करोड उठाउने लक्ष्य दिएको छ ।

प्रतिक्रिया दिनुहोस्