१३ औं महाधिवेशनको क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने पौडेल पक्षकाे भनाइ « Image Khabar


१३ औं महाधिवेशनको क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने पौडेल पक्षकाे भनाइ


Border circle
Imagekhabar

काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ ।

मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले विवादित ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो ।

क्रियाशिल सदस्यता वडा तहबाट कायम हुनुपर्नेमा कतिपय ठाउँमा सिधै क्षेत्र, जिल्ला वा केन्द्रबाटै वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टि समेत व्यक्त गरेको छ । व्यक्ति नभइ विधि, पद्धती र प्रक्रियामा क्रियाशिल सदस्यता वितरण हुनुपर्नेमा जोड दिइएको नेता अर्जुननरसिंह केसीले बताउनुभयो ।

उहाँले क्रियाशिल सदस्य वडाबाट नभई जथाभाथि थपिएको भन्दै त्यस्ता सदस्यलाई स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्