३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


भारतसँग नयाँ हवाई रुटबारे भएको छलफल सरकात्मक


0
Shares

काठमाडौं, जेठ ३१ । भारतसँग नयाँ हवाई रुटबारे भएको छलफल सरकात्मक भएको जनाइएको छ ।

नयाँ हवाई रुट तय गर्नका लागि नेपाल र भारतका उच्च अधिकारीहरुबीच राजधानीमा भएको छलफल सकारात्मक भएको जनाइएको हो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उड्डयन प्राधिकरण र भारत उड्डयन प्राधिकरणका उच्च अधिकारीबीच बिहीबारदेखि राजधानीमा दुईदिने छलफल भइरहेको हो । शुक्रबारसम्म हुने छलफल सकारात्मकरुपमा अगाडि बढिरहेको जनाइएको हो ।

नेपालले भारत भएर हालसम्म एकमात्र सिमरा रुटमात्र पाएको छ । नेपालले विराटनगर, जनकपुर, नेपालगन्ज र महेन्द्रनगरलगायतका क्षेत्रमा हवाई रुटको माग गर्दै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालसालै भएको नेपाल भ्रमणकाक्रममा पनि यस विषयले प्राथमिकता पाएको थियो । भारतीय प्रधानमन्त्री मोदीले थप हवाई रुट दिने वचन दिएका थिए ।

नेपालले अहिले सहमति भएर तत्कालै रुट परमिट पाइहाल्ने अवस्था भने नरहेको बताइएको छ । यसपछि थप प्रक्रिया बाँकी नै रहने जनाइएको छ ।