Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


छ वर्षमा ५.६७ क्विन्टल सुन बरामद


0
Shares

काठमाडौं, मंसिर १४ । हङकङ बाट आएका अुई चिनियाँ नागरिक चेन होङयाङ र चेन क्निहाङ ८ केजी सुनसहित बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परे ।

जहाजबाट बाहिरिने क्रममा भन्सार र प्रहरीको टोलीले उनीहरुलाई पक्रिएको थियो । चीनको फुजियान प्रान्तका दुवै जना भरिया रहेको प्रहरीको आशंका छ ।

शुक्रबार पनि तिब्बत एयरबाट आइपुगेका चिनियाँ नागरिक सा लुतुई एक किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । 

गत साउन १९ गते हङकङबाटै आएका चिनियाँ नागरिक ली निङसिङ ४ केजीसहित विमानस्थलबाटै समातिए ।

उनी पनि तस्करका भरिया नै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यसको १० दिनअघि गोरखाको धार्चे गाउँपालिका ३ खोर्लाबेसी नजिकैको ओडारमा १६ केजी सुन फेला पर्‍यो ।

बरामद सुन गोरखाकै तिब्बती सीमा चुमनुब्री गाउँपालिकाको छेकम्पारस्थित डुइला नाकाबाट भित्रिएको अनुसन्धानले देखायो । आजको कान्तिपुर दैनिकमा छ ।