Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


टेकुमा कोभिड १९ विरुद्धको खोप प्रमाणीकरणमा भीड, विदेश जानेलाई सास्ती


0
Shares

काठमाडौं । सप्तरीका ४५ वर्षीय रामप्रित सदा र उनकै साथी अवस्थी सदाको शुक्रबार राती १० बजे साउदीको उडान छ । उठानअघि उनलाई जोन्सोनको खोप लगाउनु र खोप लगाएको प्रमाणपत्र तयारी गर्नुछ । यो काम लागि उनी दुई दिनअघि नै सीतहरीबाट काठमाडौं आएका हुन्।

सदा बिहिबार दिभरि राजधानीका तीनवटा खोप केन्द्रमा पालैसँग लाइन बसे तर सबै ठाउँमा खोप लगाउन पाएनन् । कारण उनको साथी अवस्थी सदासहित तीनजना शुक्रराज सरुवा अस्पतालमा पुगे । टेकु पुग्दा पनि खोप लगाउने लाइन सकिएको थियो । उनीहरु तीनै जना यो अस्पतालमा दिउँसो भेटिएका थिए ।

खोप नपाएपछि उनीहरु दुवै काम स्थगित गरेर बसिरहेको गौशाला होटलमार्फत फर्किने तयारीमा थिए । ‘आज तीन ठाउँ पुग्यौं, खोप कतै लगाउन पाएनौं, भोली विहान ७ बजे आउनु भनेका छन्,’ उनले भने । तर उनीहरु तीनै जना भोलि खोप लगाउन पाइने हो कि होइन रु खोप पाइहालेपनि भोलि नै हजारौंको लामो लाइन छिचालेर खोप प्रमाणीकरण पत्र पाइएकाला किन नपाइएला रु मनमा दोधार बोकेर फर्किन लागेको बताए । ‘भोलि खोप मिलेन भने हाम्रो जहाज छुट्छ,’ रामप्रितले भने ।

नागरिक