कानुन विपरित झलनाथको उपचार खर्चमा पेस्कीमै २४ लाख « Image Khabar


कानुन विपरित झलनाथको उपचार खर्चमा पेस्कीमै २४ लाख


Imagekhabar
८ श्रावण २०७८, शुक्रबार ०६:३१

Jhalanath khanal

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाललाई सरकारले २४ लाख पेस्की उपचार खर्च उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयका अनुसार १५ ला भारतीय रुपैया (नेपाली २४ लाख) सरकारले एपोलो अस्पतलालाई भुक्तानी दिइसकेको छ ।

सरकारले कानूनविपरित पूर्वपधानमन्त्री खनालको सम्पूर्ण उपचार खर्च व्योहोर्ने निर्णय गरेको थियो ।

जनस्वास्थ्य ऐन, २०७५ अनुसार विदेशमा उपचार गर्ने कसैलाई पनि राज्यकोषबाट उपचार खर्च नदिने व्यवस्था छ ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले जाँदाजाँदै १७ असारमा खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो ।

शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारले रकम भुक्तानी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्