आज देशभर पानी पर्ने « Image Khabar


आज देशभर पानी पर्ने


Imagekhabar
७ श्रावण २०७८, बिहीबार ०९:४३

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने छ भने बाँकी भागमा सामान्य वर्षा हुने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्