Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


समुदायमा सङ्क्रमण बढेकाे आशंका, टेकु अस्पतालमा एक्कासि बढे विरामी


0
Shares

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड १९ का विरामी एक्कासि बढ्दै गएका छन् । अस्पतालका निर्देशक डा.अनुप बास्तोलाका अनुसार पछिल्लो समय सङ्क्रमण दर विस्तारै कम हुँदै गएको भए पनि पछिल्लो हप्तादेखि फेरि एक्कासि विरामी संख्या बढ्दै गएको छ । जुन युवा र मध्ये उमेर समूहमा लक्षित छ ।

“मानीसहको जमघटका काराणले कोरोना संक्रिमितको संख्यामा वृद्धि भइरहेको छ । ४० वटा साधारण बेड र २४ वटा आईसीयू बेड भरीसकेका छन्,” उहाँले भन्नुभयो । सम्भावित महाविपत्तिलाई रोक्नको लागि पहिलो र दोस्रो वेभको बीचको अन्तरालमा धेरै कुराहरुको तयारी आवश्यक रहेको बताउनुहुन्छ ।

तेस्रो लहरमा बालबालिका वढी जोखिममा हुनसक्ने उहाँ बताउनुहुन्छ । “तर अझै आमूल रुपमा कोभिड १९ कति बढ्छ भन्ने एकिन गर्न भने सकिन्न,” उहाँले भन्नुभयो “अभिभावकले यसलाई आतंकको रुपमा विश्वास नगरी बरु बालबच्चालाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न अगाउनुपर्छ ।” गाेरखापत्र

Skip This