 
	    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य विचौलिया अझै फरार रहेका छन् ।
फरार हुनेमा मुख्य विचौलिया रामकुमार सुवेदीसहित ३२ जना छन् । अदालतले म्याद गुजारेर उपस्थित नहुनेको हकमा मुद्दा पेसी चढाएर प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ ।
पटकपटक म्याद जारी गर्दा पनि अटेर गरेपछि विशेष अदालत फरार रहेकाहरुको हकमा च्रष्टाचार मुद्दामा पेसी चढाउने तयारीमा रहेको बुझिएको छ ।
फरार रहेकाहरुलाई इजलासको आदेशबाट एकपटक सार्वजनिक सूचना जारी गर्न लगाउने र सो प्रक्रिया गर्दा पनि अनुपस्थित भएमा मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी छ ।
विशेष अदालतले म्याद जारी गरेर पनि अनुपस्थित हुनेमा रामकुमार सुवेदी, हाटक शमशेर, शशिकला सुब्बा, विवेककुमार सुवेदी, रुपेश शमशेर राणा, हिमान्द्री शमशेर जबरा छन् । राजधानी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्