भारतमा ६ वर्षमाथिका दुई तिहाई मानिस संक्रमित, ४० करोड संक्रमणको जोखिममा « Image Khabar


भारतमा ६ वर्षमाथिका दुई तिहाई मानिस संक्रमित, ४० करोड संक्रमणको जोखिममा


Imagekhabar
६ श्रावण २०७८, बुधबार २०:१८

एजेन्सी । भारतमा ६ वर्षमाथिका दुई तिहाई अर्थात् ६७ प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको खुलासा भएको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च आइसीएमआरले जुन र जुलाईमा भारतका विभिन्न २१ राज्यका ३६ हजार २ सय २७ जनामा गरेको अध्ययनबाट हरेक तीनमा दुईजनामा कोरोना भाइरसको एन्टीबडी भेटिएको हो ।

यो अध्ययन अनुसार अझै ४० करोड मानिस संक्रमणको जोखिममा रहेका छन् । सावधानीका लागि अपनाइएका प्रतिबन्धित उपायहरु खुकुलो बनाउँदै गर्दा संक्रमण थप फैलिन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिँदै आएका छन् । भारतमा हालसम्म तीन करोड १२ लाख बढीमा संक्रमण पुष्टि भएको छ ।

यस्तै चार लाख १८ हजार ५ सय बढी मानिसको मृत्यु भइसकेको छ । औपचारिक तथ्यांक यो भए पनि आइसीएमआरको अध्ययन अनुसार वास्तविक संक्रमितको संख्या निकै धेरै रहेको हुन सक्ने देखिएको छ । भारतमा तेस्रो लहर खतरनाक हुने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्