१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


२० बर्षदेखि ‘लिभ इन रिलेसन’मा रहेका दम्पतीले ६० वर्षमा विवाह गरे


0
Shares

एजेन्सी । करिब २० बर्षदेखि लिभ इन रिलेसनमा रहेका ६० वर्षीय पुरुष र ५५ वर्षीया महिलाले विवाह गरेका छन् । दम्पतीका जेठा छोराले बुबाआमाको विवाह देखेर आफू निकै भँग्यशाली भएको बताएका छन् । भारतको उन्नाव जिल्लाको गंज मुरादाबादको रसूलपुर रुरी गाउँमा विवाह भएको हो । गाउँ प्रमुख र गाउँलेहरुले उनीहरुको विवाहको सबै खर्च गरेका छन् ।

गाउँलेहरुका अनुसार ती वृद्ध दम्पतीले बिहे नगरी सँगै बस्दा धेरै गालीहरु खानुपरेको थियो । उनीहरुलाई हेयको दृष्टिले हेरिन्थ्यो । गाउँका प्रधान गएर दुवैलाई सम्झाएपछि उनीहरु आधिकारिक रुपमा विवाहका लागि समहत भएका थिए ।

गाउँलेहरुबाट प्राप्त जानकारीका अनुसार ६० वर्षीय नारायण रैदास र ५५ वर्षीय रामरती २००१ बाट सँगै बस्दै आएका थिए। आफ्नो परिवारमा अरु कोही नहुँदा दुबैले खेतीपाती गरेर आफ्नो जीविका चलाइरहेका थिए ।

गाउँ प्रमुख रमेश कुमार, सामाजिक कार्यकर्ता धर्मेन्द्र बाजपेयी र सुनील पालले नारायण र रामरतीलाई विवाह गर्न र उनीहरूको १३ वर्षीय छोरा अजयको खातिर गाली र अपमानबाट जोगाउन राजी गरेका थिए ।

उनले विवाहको सम्पूर्ण खर्च आफैंले उठाउने वाचासमेत गरेका थिए । डिजे, विवाह ब्यान्ड र खाना गाउँको प्रधान र अन्य अतिथिको लागि व्यवस्था गरिएको थियो। दम्पतीको छोराको नेतृत्वमा दुलाहा जन्ती लिएर गाउँ पुगेका थिए ।