
एजेन्सी, साउन ५ । अफगानिस्तानमा राष्ट्रपतिले नमाज पढिरहेकै समयमा राष्ट्रपति कार्यालयलाई निशाना साँधेर आक्रमण गरिएको छ ।
अफगानीहरु बकर ईदको चाड मनाइरहेका बेला राष्ट्रपति कार्यालयलाई नै निशाना बनाएर यो आक्रमण गरिएको हो ।
रकेट आक्रमण गरिएको उक्त समयमा राष्ट्रपति अशरफ घानी नमाज पढ्ने कार्यक्रममा सामेल भइरहेको बीबीसीले जनाएको छ ।
नमाज कार्यक्रमको टिभीमा प्रत्यक्ष प्रशारण भइरहेकै समयमा रकेट आक्रमणको आवाज पनि सँगै सुनिएको जनाइएको छ । यद्यपि, नमाज बाचनलाई भने निरन्तरता दिइएको थियो ।
घटनामा कुनै हताहती नभएको र रकेट राष्ट्रपति भवनको अतिसुरक्षित परिसर बाहिर नै खसेको गृह मन्त्रीका प्रवक्ताले जानकारी दिएका छन् ।
अफगानिस्तानमा रहेका अमेरिकी सेना स्वदेश फर्किएपछि त्यहाँ तालिवानी लडाकूको दबदबा बढेको छ । देशको धेरै भाग तालिवानको नियन्त्रणमा गइसकेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्