पाकिस्तानका सबै कुटनीतिक अधिकारी फिर्ता बोलाउने अफगानिस्तानको निर्णय « Image Khabar


पाकिस्तानका सबै कुटनीतिक अधिकारी फिर्ता बोलाउने अफगानिस्तानको निर्णय


Imagekhabar
४ श्रावण २०७८, सोमबार १६:५१

एजेन्सी । अफगानिस्तानले पाकिस्तानमा रहेका आफ्ना सबै कूटनीतिक अधिकारीहरु फिर्ता बोलाउने निर्णय गरेको छ ।

राष्ट्रपति असरफ घानीको आदेशमा पाकिस्तानका लागि आफ्ना राजदूत सहितका सबै कूटनीतिक अधिकारीहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।

पाकिस्तानका लागि अफगानी राजदूत नजीबुल्लाह अलिखिलकी छोरीको अपहरण गरी कुटपिट गरेको घटनापछि सुरक्षाको कारण देखाउँदै अफगानिस्तानले पाकिस्तानमा रहेका आफना सबै कुटनीतिक अधिकारीहरुलाई फिर्ता बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्