Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सुब्बा साप, १९ करोड ? कसरी, कहाँबाट आयो ?


0
Shares

काठमाडौं । अकुत सम्पत्ति आर्जनमा अर्का नायबसुब्बा थपिएका छन्–मदनप्रसाद गुप्ता । अख्तियारले मालपोत कार्यालय सिमराका तत्कालीन नासु गुप्ताविरुद्ध १५ करोड अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाएको छ ।

उनी मालपोत कार्यालय कलैया बारामा दरबन्दी भई सिमरामा कार्यरत थिए । २७ बर्षे जागिरेकालमा उनको खर्च तथा लगानीको तुलनामा आम्दानी कम देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिब प्रदीपकुमार कोइरालाले बताए ।

अख्तियारको अनुसन्धानले ४ करोड ५४ लाख रुपैंयाँ मात्रै वैध आर्जन ठहर्याएको छ । यो सम्पत्ति तलब, श्रमिक, बचत, आय, घरजग्गा विक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा, छोरा रक्कीको आय, घरवहाल आयसमेत गरी हो ।

१९ करोड ३६ लाख ६५ हजार खर्च तथा लगानी देखिएको प्रवक्ता कोइरालाले सुनाए । १४ करोड ८१ लाख ८९ हजारबराबरको सम्पत्ति स्रोत नखुलेको पाइएको छ ।

गुप्ता २०४७ साल असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट खरिदार पदमा सेवा प्रवेश गरेका थिए । उनी २०६४ सालमा नासुमा बढुवा भएका हुन् ।

स्रोत नखुलेको सम्पत्ति – १४ करोड ८१ लाख ८९ हजार

खर्च तथा लगानी – १९ करोड ३६ लाख ६५ हजार (अन्नपूर्ण पोष्ट दैनिकबाट)