८ असार २०८२, आइतबार | Mon Jun 23 2025


कोरोनाको खोप खरीद प्रक्रिया चुस्त बनाउन र तेस्रो लहरको पूर्वतयारी थाल्न प्रधानमन्त्री देउवाको निर्देशन


0
Shares

Deuba and health ministry official meet

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरीद प्रक्रिया चुस्त रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ ।

आइतबार सिंहदरवारमा स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखा प्रमुखलाई बोलाएर प्रधानमन्त्री देउवाले खोप किन्ने प्रक्रिया चुस्त बनाउन निर्देशन दिनुभएको हो ।

यसैगरी, उहाँले अधिकारीहरुलाई खोप केन्द्रमा भएको भीड व्वस्थापनका लागि खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले अधिकारीहरुसँगको भेटको तस्वीर राख्दै सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुएको छ, ‘कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर निर्देशन दिएको छु ।’

यसैगरी, उहाँले तेस्रो लहरबाट जोगिने तयारी थाल्न निर्देशन दिँदै भन्नुभएको छ, ‘कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परिक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध गर्न पनि निर्देशन गरेको छु ।’

यसअघि, पनि प्रधामन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य मन्त्रालयका सचिवलगायतसँग खोप खरीद प्रक्रिया र खोप लगाउने दुबै कार्य चुस्त बनाउन निर्देशन दिनुभएको थियो ।