Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


प्रधानमन्त्री देउवालाई १३६ मत भए पुग्ने, यस्ताे छ अंकगणित


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यमfन संसद संख्या अनुसार विश्वासको मतका लागि १३६ मत भए पुग्ने देखिन्छ। हाल प्रतिनिधिसभामा २७१ जना सांसद कायम छन्।

कांग्रेसका ६१, एमाले १२१, माओवादीका ४९, जसपा ३२, जनमोर्चा १, नेमकिपा १ र राप्रपा १ जना गरी हाल प्रतिनिधिसभामा २७१ जना सांसद छन्।

जसमध्ये एमालेका ९८ जना, नेमकिपा, राप्रपा र जसपाका केही सांसदले विश्वासको मतको विपक्षमा मत दिने छन्।

यसरी हेर्दा देउवाले डेढ सयको हाराहारीमा मत पाउने अनुमान गरिएको छ। देउवाले आजै प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।