Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


खोप खरिदका लागि अग्रिम भुक्तानी दिएको ५ महिनासम्म भारतले खोप पठाएन


0
Shares

काठमाडौ । फागुनमा नेपाल सरकारले २० लाख मात्रा खोप खरिदका लागि अग्रिम भुक्तानी गरेपनि भारत सरकारले १० लाख मात्रा पठाएपछि बाँकी १० लाख मात्रा अहिलेसम्म पठाएको छैन् ।

भारतीय सेनाले नेपाली सेनाका लागि भनेर १ लाख मात्रा निशुल्क खोप उपलब्ध गराएको छ । विश्व स्वास्थ्य संगठनको समन्वयमा कोभ्याक्सअन्तर्गत ३ लाख ४८ हजार मात्रा कोभिशिल्ड निशुल्क उपलब्ध गराएको थियो ।

त्यसैगरी चीन सरकारले दुईपटकक गरी १८ लाख मात्रा निशुल्क उपलब्ध गराएको थियो । सरकारले चीनसँग ४० लाख मात्रा खरिद गरेकोमा ८ लाख मात्रा पहिलो खेपमा आइसक्यो भने अन्य खोप आउने क्रम जारी रहेको जनाएको छ ।

गत असार २० गतेसम्म पहिलो मात्रा खोप लगाउनेको संख्या २६ लाख ११ हजार ८ सय ७ रहेको छ भने दोस्रो माा १० लाख ४१ हजार ३६६ जनाले लगाएको स्वास्थ्य मन्त्तालयले जनाएको छ ।समाचारपत्र