
एजेन्सी । अफगानिस्तानमा समाचार संकलनका क्रममा रहेको भारतीय फोटो पत्रकारको हत्या भएको छ ।
अफगानिस्तानको कन्दाहारमा तालिवान बिद्रोही र अफगान सेनाबीचको झडपको समाचार संकलन गर्ने क्रममा भारतीय पत्रकार दानिश सिद्दिकीको तालीवान बिद्रोहीले गोली हानी हत्या गरेका हुन ।
कन्दाहारको बोल्डक इलाकामा तालीवान बिद्रोहीले उनीमाथि गोली प्रहार गरेका हुन् । दानिस भारतका लागि अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका लागि कार्यरत थिए । पछिल्लो केही महिनादेखि उनी अफगानिस्तानमा रही समाचार संकलन गर्दै आएका थिए ।
पुलित्जर अवार्डबाट पनि सम्मानित दानिस एक साहसी फोटो पत्रकारका रुपमा परिचित थिए । हालै उनले आफनो ट्वीटर एकाउण्टमा अफगानिस्तानमा तालीवान बिद्रोहीले गरेका ज्यादतीका तस्वीरहरु सार्वजनिक गरेका थिए ।
त्यसैको प्रतिशोध साँध्न उनीमाथि गोली प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ । अफगानिस्तानमा अमेरिकी सेना फिर्ता भएसंगै तालीवानले आतंकबादी गतिबिधीलाई तीब्र बनाएको छ । दानिसको हत्याप्रति दुख ब्यक्त गर्दै भारतीय सञ्चार माध्यमहरुले उनलाई साहसी र मिलनसार पत्रकार भनेका छन् । अफगानिस्तान जानु् अघि दानिसले चीन र भारतबीच लद्दाकमा भएको भिडन्तको समाचार संकलन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्