
काठमाडौं । अफ्रिकी मुलुक जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले राष्ट्रपतिको निर्वाचनमा आफ्नो दल जानु–पिएफले उठाएका उम्मेदवारलाई समर्थन गर्न नसक्ने बताएका छन् ।
नयाँ राष्ट्रपति चयनका लागि आज हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति मुगाबेले आफ्नो दलले अघि सारेका उम्मेदवारलाई समर्थन गर्न नसक्ने बताएका हुन ।
९४ वर्षीय मुगाबेले आफूलाई राष्ट्रपतिबाट हटाउने नेता वर्तमान राष्ट्रपति एमर्सन नान्गागावालाई समर्थन गर्न नसक्ने स्पष्ट पारेका हुन् ।
नान्गागावाको मुख्य प्रतिस्पर्धीका रुपमा विपक्षी दलका नेता नेल्सन चमिया मैदानमा उत्रनु भएको छ ।
पूर्वराष्ट्रपति मुगावेले राष्ट्रपतिमा उम्मेदवार भएकाहरु कसैलाई पनि समर्थन गर्न नसकिने भए पनि विपक्षी दलका नेता नेल्सन चमियालाई भने शुभेच्छा व्यक्त गरेका छन् ।
उनले जिम्बावेको भविष्य र मतदानप्रति जिम्बाबेली कौतुहलताका साथ रहेको र मतदानले सक्षम नेतृत्व छान्ने विश्वास गरे ।
मुगावेले लामो समयदेखि आफ्नो सहयोगीका रुपमा रहेका तथा वर्तमान राष्ट्रपति एमर्सन नान्गागावाको विपक्षमा उभिनुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
जिम्बाबेमा अहिले पनि मुगाबे लोकप्रिय मानिन्छन् ।
उनले समर्थन गरेका उम्मेदवारले नै जित हात पार्ने विश्वास गरिन्छ । मुगावले जिम्बाबेमा ३७ वर्षसम्म सत्ता सञ्चालन गरेका थिए ।
पूर्व राष्ट्रपति रोबर्ट मुगाबे पदबाट हटेपछि जिम्बाबेमा पहिलोपटक निर्वाचन हुन लागेको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्