Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


दुई नागरिकता बनाएर ३४ करोड ठगी, यसरी खुल्यो पोल


0
Shares

काठमाडौं । नाम : केदारप्रसाद गौतम

काम : कृषि विकास बैंकका अधिकृत

नक्कली नाम : तेजबहादुर थापा

प्रयोजन : तेजबहादुरको नाममा विदेशबाट पैसा आएको देखाएर बैंकलाई ठग्ने 

कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बने । त्यसअघि तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए ।

आफ्नै बैंकमा त्यस नाममा खाता खोले । विदेशबाट रेमिट्यान्स आएको भन्दै पैसा झिक्दै त्यता हाले । एक दुई हजार, लाख होइन..कडोर पनि होइन, करिब ३४ करोड रुपैंयाँ ।

यत्रो ठग्दा पनि बैंकका न शाखा प्रमुखले पत्तो पाए, न केन्द्रीय कार्यालयले । जब उनी राजीनामा दिएर विदेश पलायन भए, बल्ल पोल खुल्यो ।

अब उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परिसकेका छन् ।

गौतमसहित ८ जनाविरुद्ध जनही ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । -अन्नपूर्ण पोष्ट दैनिकबाट