१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, पसलहरु बेलुका ७ बजेसम्म खुल्ने


26
Shares

काठमाडौं, असार ३१ । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी नाम मात्रको निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णयसमेत गरेको छ ।

शुक्रबारदेखि काठमाडौं उपत्यकामा बाहिरबाट अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

साथै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । अन्य आदेश र प्रावधानहरु साविककै कायम रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनु भयो । लामो दुरीको सवारीको हकमा कुनै निर्णय नभएको पराजुलीले बताउनुभयो ।