
काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न काेटेश्वर पुग्नु भएको हो । भेटवार्ताका क्रममा नेपाल र विप्लवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।
पछिल्लो समय विप्लव राजनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ । यसअघि बुधबार मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि उहाँले भेटवार्ता गर्नुभएकाे थियो ।
प्रतिक्रिया दिनुहोस्