वीपीका भ्रष्ट पदाधिकारी बर्खास्त गर्न डा. केसीको माग « Image Khabar


वीपीका भ्रष्ट पदाधिकारी बर्खास्त गर्न डा. केसीको माग



सुनसरी, असार ३० । चिकित्सा शिक्षा सुधार अभियन्ता डा‍ गाेविन्द केसीले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीलाई बर्खास्त गर्न माग गर्नुभएकाे छ ।

प्रतिष्ठान सुधारको माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीको आन्दोलनमा ऎक्यवद्धता जनाउन बुधबार धरान आउनुभएका डा. केसीले स्वास्थ्य संस्थामा दलका कार्यकर्ता भर्ती केन्द्र बनाएका कारण मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको बताउनुभयो ।

उहाँले प्रतिष्ठानका पदाधिकारीहरु नैतिक रुपमा पतन भैसकेकाले उनीहरुलाई बर्खास्त गर्नु पर्ने बताउनुभयो ।

डा. केसीले प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानबिन गरी दोषी उपर कारवाही गर्न माग गनुभयाे । उहाँले वीपी प्रतिष्ठान शुद्धीकरणको माग राखेर आन्दोलन थालेका चिकित्सक र कर्मचारीका जायज मागलाई सम्बोधन गर्न सरकारसँग माग समेत गर्नुभएको छ ।