काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ चौथोपटक हेमोडायलासिस गरिएको छ।
ग्रान्डी अस्पतालमा २६ दिनअघि उनको पहिलोपटक डायलासिस गरिएको थियो । ९ दिनअघि तेस्रोपटक डायलासिस गरिएको थियो।
त्यतिखेल ओलीको मूत्रवाहिनी नली (युरेटर) अर्थात् मूत्राशय र मिर्गौलाबीचमा राखिएको ‘स्टेन्ट’ समेत निकालिएको थियो ।
प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार ओलीको ‘रुटिन’ डायलासिस भएको हो । ‘उहाँ ‘ओली) ठीक हुनुहुन्छ,’ डा. शाहले भनिन् । -कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्