Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


ट्राफिकद्वारा ‘राइड सेयरिङ’ सेवाका चालकलाई कारवाही, एक हजारको चिट काटियो


0
Shares

काठमाडौं । मोटरसाइकलमार्फत यात्रुलाई ‘राइड सेयरिङ’ सेवा दिंदै आएका ‘टुटल र ‘पठाओ’ लाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौंको स्वयम्भू ट्राफिकले चालक विकास तामाङलाई प्रयोजनविपरीत सवारी चलाएको अभियोगमा एक हजार रुपैंयाँ जरिवानाको चिट काटेको हो ।

‘ट्याक्सी चालकको दबाबमा जरिवाना  चिट काटेको हो’, एक ट्राफिक प्रहरीले भने, ‘तर कारवाही नै गर्नुपर्छ भनेर त्यस्तो निर्देशन केही पनि आएको छैन ।’

यात्रुलाई मोटरसाइकल चढाउने क्रममा एक हुल ट्याक्सी चालकले तामाङलाई जवरर्जस्ती स्यम्भू ट्राफिकमा लगेर जरिवाना चिट काट्न लगाएको हो ।

पछिल्लो समय सस्तोमा यात्रु ओसारेर आफ्नो ब्यवसाय संकटमा परेको भन्दै ट्याक्सी ब्यवसायीले ‘पठाओ’ र ‘टुटल’लाई कारवाही गर्न ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागसँग गुनासो गर्दै आएका छन् । -कान्तिपुर दैनिकबाट