Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


बोक्साबोक्सीको आरोपमा दम्पत्तीलाई सामाजिक बहिष्कार


0
Shares

दोलखा । दोलखा विगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँ छाडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन् ।

वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न स्याँखु टोल सुधार समितिको बैठकले झाँक्री समूहको आग्रहमा रत्नबहादुर दम्पत्तीलाई बोक्साबोक्सीको आरोपसहित समूहमा नराख्ने भन्दै सामाजिक बहिष्कार गरेपछि उनीहरु गाउँ छाडेर सदरमुकामको होटलमा शरणार्थीका रुपमा बस्न बाध्य भएका हुन ।

५८ बर्षीय पीडित रत्नबहादुरले आफू र आफ्नो ५७ बर्षीया श्रीमतीलाई विगत ७/८ बर्षदेखि टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठलगायतले बोक्साबोक्सीको आरोपमा कुटपीट गर्दै आएको तर आफूहरु निरीह रहेकाले सहँदै आएको बताए । -नेपाल समाचारपत्र दैनिकबाट

Skip This