Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


हवाई उडान नहुँदा मलेसियामा अड्किए ५२ शव


0
Shares

काठमाडौं । सरकारले पर्याप्त अन्तराष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अड्किएका छन् । ती शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

‘मलेसियामा औसत हरेक तीन दिनमा दुईजना हाराहारी निधन हुने गरेको छ’, त्यहाँस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दिपक ढकालले भने, ‘तर पर्याप्त हवाई उडान हुन नसक्दा घरमा पठाउन सकिएको छैन ।’

उनले मलेसियामा वाइड बढी जहाजको उडान हुने हो भने शव ढुवानीमा समस्या नहुने भए पनि केही समययता राखिएका उडानमा हवाई कम्पनीहरुले न्यारो बढी जहाज मात्र उडाइरहेको बताए ।

वाइड बडी जहाजको उडान हुने हो भने एकैचोटि २० २५ वटा शव ढुवानी गर्न मिल्छ । तर, न्यारो बडीको जहाजले दुई तीन वटाभन्दा बढी शव बोक्दैन, उनले भने ।

रोजगारीका लागि मलेसिया पुगेका श्रीमानको उतै निधन भएर पनि शव घर ल्याउन नसक्दा घर परिवार निकै पीडामा रहने गरेका छन् ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिको निधन भएमा रोजगारदाताको साथै वैदेशिक रोजगार बोर्डले शवको ढुवानी गरसम्म गनेृ व्यवस्था गर्ने गरेको छ ।

रोजगारीको क्रममा गन्तव्य मुलुमा निधन हुनेको शव जतिसक्दो चाँडो घरसम्म पुरयाउनुपर्ने आवाज उठ्दै आए पनि अनेक कारणले मृतकका आफन्तले समयमै शव प्राप्त गर्न सकेका छैनन् । नागरिक