Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


विदेशीहरुको भिसा शुल्क छुटको म्याद बढ्यो


0
Shares

काठमाडौं । अध्यागमन विभागले विदेशीहरुको भिसा शुल्क छुटको अवधि बढाएको छ ।

अन्तर्राष्ट्रिय उडानहरुको सीमित उपलब्धतालाई ध्यानमा राख्दै नेपालबाट प्रस्थान हुने विदेशीको भिसा शूल्क छुटको अवधि बढाइएको विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचना अनुसार २०७८ वैशाख १४ सम्म नेपालको वैध भिसा भएका र २०७६ असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा निजहरु जाने समयमै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क भिसा नियमित हुनेछ ।

नेपालमा आफ्नो बसाई थप गर्न २०७८ असार २५ गतेदेखि आबेदन गर्ने र २०७८ साउन १ गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा नियमानुसार भिसा शूल्क, विलम्व शूल्क र जरिवाना लाग्ने विभागले जनाएको छ ।

प्रचलित अध्यागमन कानुनमा रहेको प्रावधानमा एक भिसा वर्षमा पर्यटक भिसामा १५० दिनसम्म बस्न सकिने व्यवस्था रहेको भए पनि निवेधाज्ञाको अवधि गणना नगर्ने साविककै सूचना अनुसार पर्यटक भिसामा बस्न पाउने अवधि २१० दिन कायम पारिएको विभागले जनाएको छ ।