Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


हेलम्बुमा प्रधानमन्त्रीले भने, ‘चन्द्र शम्सेरले बनाएको झोलुङगे पुल बगाएछ दुःख लाग्यो’


0
Shares

मेलम्ची । मेलम्ची नदीमा असार १ गते आएको बाढी पहिरोले ठुलोजनधनको क्षती भएपछि त्यस क्षेत्रका पीडितहरुका लागि राहात र पुनस्थापनाका प्याकेज लिएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बाढीप्रभावित क्षेत्रमा आएका छन् । विभागिय मन्त्री र उच्च सरकारी टोली सहित प्रधानमन्त्री केपी शर्मा ओली बाढी गएको २६ दिनपछि हेलम्बु र मेलम्ची क्षेत्रमा आएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले बाढीले क्षतीग्रस्त निजी घर,पुल,सडक,विद्यालय लगायतका सबै संरचना केन्द्रीय सरकारले नै निर्माण गर्ने र अब वर्षा कम हुन साथ पुननिर्माणले गति लिने बताए ।

मेलम्ची नदी माथी १९८६ राणा प्रधानमन्त्री चन्द्रशम्सेरले निर्माण गरेका झोलुङगे पुल समेत बाढीले बगाएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले इतिहास झल्काउने संरचना त्यही अनुसारको पुननिर्माण गरिने  प्रतिबद्धता जनाए ।

बाढीले क्षतीग्रस्त पुलहरुको बदलामा बेली ब्रीज निर्माणका लागि स्थानीयले आग्रह गरेपनि प्रधानमन्त्री ओलीले भने ‘बेली ब्रिज होइन अब सबै स्थानमा पक्की पुल नै निर्माण गरिने छ ।’

बाढीले क्षतिग्रस्त घर,बिद्यालय,लगायत सबै सरचना छिटो निर्माण हुने भन्दै सगै आएका यातायात मन्त्री वसन्त नेम्वाङलाई निर्माण कार्य थाल्न निर्देशन दिएका थिए । गत बर्ष गठन गरेको बिपद प्राधिकरण मार्फत तोकिएको मापदण्ड अनुसार यस क्षेत्र का पीडितहरुलाई आवस निर्माणकार्य का लागि रकम प्रदान गरिने प्रधानमन्त्रीले जानकारी दिए। राजधानी