Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


एमाले कार्यदलको बैठक सकारात्मक : ‘हिजो बैठक मात्र, आज छलफल पनि’


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले एकता कार्यदलको बैठक सकारात्मक भएको बताउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता विष्टले बैठक सकरात्मक भएको जानकारी दिनुभयो ।

मंगलबारको बैठकमा नेताहरूले विभिन्न प्रस्तावउपर छलफल गरेको नेता रघुजी पन्तले बताउनुभयो ।

‘हिजो बैठक मात्र बसेको थियो, आज विषयहरूमा बुँदागत छलफल भयाे, छलफलहरूमा आ–आफ्नो राय राख्ने काम भयो,’ उहाँले भन्नुभयो, ‘बैठक सकारात्मक छ, भोलि पनि बस्छ ।’

पार्टी एकताका लागि भन्दै नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट १० सदस्यीय कार्यदल गठन गरिएको थियो ।

एक महिना निष्क्रिय रहेको कार्यदल आइतबार बेलुकी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग नेपालपक्षीय नेता भीम रावलको भेटपछि सक्रिय भएको छ ।