Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नख्खु कारागारभित्र चौकीदार र नाइकेको ठगीधन्दा, बाहिर पनि घुमफिर


0
Shares

काठमाडौं । बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ ।

नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते तामाङ र प्रकाश कार्कीले पछिल्लो पाँच महिनामा कारागारभित्र र बाहिर गरी ७४ लाखभन्दा धेरै ठगी गरेका हुन् ।

कारागारभित्रै बन्दीसँग ५० लाख १३ हजार र बाहिरका रासनपसलेसँग २३ लाख २१ हजार ठगी गरेका छन् ।

कार्यालय स्रोतका अनुसार बन्दीहरू दिलबहादुर गुरुङसँग २९ लाख, दिनेश आलेसँग १५ लाख, छुटिङ लामासँग दुई लाख, सुचेन्द्र राईसँग एक लाख ७२ हजार, ओमकार शाहसँग एक लाख, युनुस अन्सारीसँग एक लाख, झिल्के मोक्तानसँग २२ हजार र छिरिङ शेर्पासँग १९ हजार ठगेका हुन् । नयाँ पत्रिका दैनिकबाट