सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च


0
Shares

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । आज बिहान पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको हो ।

सप्तकोशी नदीमा प्रतिसेकेण्ड एकलाख ५० हजारक्युसेक पुगेपछि खतरा मान्छि । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसंगै सप्तकोशी ब्यारेजमा खतराको संकेत स्वरुप रोतो बत्ति बालिएको छ ।

सप्तकोशीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्वसाधारण आतंकित बनेका छन् । पानीको बहाव उच्च हुँदा समेत भारत सरकारले कोसी ब्यारेजका ५६ मध्य २८ वटा मात्र ढोका खोलेको छ ।

सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ति डुवान हुने त्रास बढेको छ । सुनसरीको काेशी आसपासका क्षेत्रमा र डुवान भएका स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा पानीको बहाव उच्च हुँदा समेत सबै ढोका नखोलिएका कारण कोसी आसपासका सर्वसाधारण त्रसित भएको कोशी पीडित संर्घस समितिका सचिव बाबुराम कार्कीले जानकारी दिनुभयो ।

यसअघि २०६५ साल भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार रहेको थियो । कोशी कटानका कारण सुनसरीको साविकका गाविसहरु हरीपुर, हरीपुर, पश्चिम कुशाहा र लौकहीमा हजारौ विघा खेतियोग्य जमिन भरुभूमि बनाउनुका साथै ५ हजार भन्दा बढी घर परिवारको विस्थापित भएका थिए ।