कपिलवस्तु । शिवराज नगरपालिका ५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरु ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागेका छन् ।
चन्द्रौटा बजारमा स्थानीय मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजा लगायत कर्मका लागि निम्त्याइएका पूजारीहरु भीमप्रसाद आचार्य र गोविन्द भट्टराई उक्त घरका घरमालिक दलित भएको थाहा पाएपछि पूजा स्थलबाट ‘एकै छिनमा आउने’ बाहाना बनाएर भागेका हुन् ।
पूजाका लागि घर मालिक मिलन विश्वकर्माले घर चिटिक्क पारेका थिए । आगनमा फूलमाला र पताकाले सिंगारिएको पूजा मण्डप बनाइएको थियो ।
पूजाका लागि आफन्तजन, ईष्टमित्र बिहानैबाट जुट्दै थिए ।
तर करिब १० बजे पूजा सुरु गर्न लागेपछि मिलन दलित भएको थाहा पाएपछि पूजारीहरु भागेको स्थानीयले बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट










प्रतिक्रिया दिनुहोस्