Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड सञ्चालनमा


0
Shares

परासी, असार १६ । बिहानदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडक खण्ड साँझदेखि सञ्चालनमा आएको छ ।

मंगलबाररातिदेखि परेको पानीले सो सडकखण्ड अन्तरगत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा, वनकट्टी र ज्यामिरेमा बनाईएको डाइभर्सन खहरे खोलामा आएको बाढीले बगाएको थियो ।
सञ्चालनमा आाएको डाइभर्सनबाट ठूला लोड गाडीबाहेक अन्यलाई आवतजावत गर्न दिईएको पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

डाइभर्सनमा राखिएको ग्राभेल दब्न सक्ने भएकाले हलुका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइएको र लोड गाडीहरू बिहीबारबाट मात्रै आवतजावत गर्न दिईने लामाले लामाले बताउनुभयो ।

राजमार्ग भएर पूर्व पश्चिम जाने भारी सवारीसाधनलाई भैरहवा परासी सडक हुँदै आवतजावत गराइएको प्रहरीले जनाएको छ ।