माधव नेपालकाे व्यंग्य, 'प्रधानमन्त्रीको भाषण रेकर्ड गरेर राख्नुहोला, ध्यान दिन लायक छ' • Image Khabar Image Khabar


माधव नेपालकाे व्यंग्य, ‘प्रधानमन्त्रीको भाषण रेकर्ड गरेर राख्नुहोला, ध्यान दिन लायक छ’


Border circle
Imagekhabar

माधव नेपालकाे व्यंग्य, 'प्रधानमन्त्रीको भाषण रेकर्ड गरेर राख्नुहोला, ध्यान दिन लायक छ'

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरू महत्वपूर्ण रहेको भन्दै ती भाषणलाई रेकर्ड गर्न व्यंग्यात्मक सुझाव दिनुभएको छ ।

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरूसँग गरेको अन्र्तक्रियामा बोल्दै नेता नेपालले सधँै संस्कार र मर्यादाका कुरा गर्नेले नै अरूको मर्यादा राख्न नसकेको धारणा राख्नुभएको हो । उहाँले नेतृत्वका कार्यशैलीलाई नै कार्यकर्ताले अनुसरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आइतबार र सोमबारका भाषणहरू रेकर्ड गरेर राख्न सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेताहरूले सम्मानपूर्ण सम्बोधन र भाषा प्रयोग नगरेको भन्दै बेला–बेलामा संस्कार र संस्कृतिका कुरा गर्दै आउनुभएको छ । उहाँले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा विपक्षी गठबन्धनका नेतासँगै नेता नेपालको तिखो आलोचना गर्नुभएको थियो । उहाँले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बहुलाहा कुकुरले टोकेको छ र भन्दै कटाक्ष गर्नुभएको थियो ।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीका भाषण ध्यानदिन लायक रहेको भन्दै व्यंग्य गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘हामी आफैँ संस्कृति र संस्कारको कुरा गर्छौँ । हामी अरुको मान–सम्मानको कुरा गर्छौँ । तर, हामी आफैँ त्यस्तो गर्छौँ । यसमा नम्बर वान कोही छ भनेर खोज्दाखेरी आज र हिजोको हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूको अभिव्यक्ति ।’

‘उहाँको भाषण तपाईंहरू सबैले रेकर्ड गरेर राख्नुहोला । ध्यान दिन लायक छ । हिजोको पनि आजको पनि । म पनि खोजिरहेको छु । सबै कुराहरु ध्यान दिनुपर्ने खालको रहेछ । सबैले सिक्नै पर्छ ।’ उहाँले भन्नुभयो, ‘पोजेटिभ सिकौँ या नेगेटिभ सिकौँ । सिक्नुचाहिँ पर्छ । माथि कस्तो छ त्यसको असर तल पर्छ । ‘मलाई बहुलाहा कुकुरले टोकेको छ र भनेर कति राम्रा कुरा गर्नुभएको छ उहाँले सबैको ध्यान जाओस् ।’

प्रतिक्रिया दिनुहोस्