Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


भारतले मुलुक कब्जा गर्न लाग्दा पनि सरकार मौन : पौडेल


0
Shares

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, कात्तिक ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतसँगको सीमा विवादमा सरकारलाई ‘लाचारी’को संज्ञा दिएका छन् ।

शनिबार पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडामा आयोजित सभामा नेता पौडेलले भारतले सीमाको बखेडा निकालेर मुलुक कब्जा गर्न लाग्दा पनि सरकार मौन रहेको आरोप लगाए ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको स्पस्ट पार्दै उनले सीमा विवाद वार्तामार्फत् समाधान गर्न सरकारलाई आग्रह गरे ।

वर्तमान सरकार बढी निरंकुश शैलीमा चलेको भन्दै कार्यशैली परिवर्तन गर्नसमेत उनले आग्रह गरे ।

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनमा लोकतन्त्रलाई बचाउन पनि कांग्रेसलाई विजय गराउनुपर्ने उनको जिकिर थियो ।

फाल्गुनन्दमा हुने उपनिर्वाचनमा सत्तारुढ दल नेकपाका मन्त्री तथा सांसदहरुले नै आचारसंहिता उल्लंघन गर्ने किसिमका कार्यक्रम गरिरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

भिष्मराज आङदेम्बे, धनराज गुरुङ, रामहरि खतिवडा, बद्री पाण्डे, गुरुराज घिमिरेलगायतका कांग्रेस नेताहरुले सभालाई सम्बोधन गरेका थिए ।