२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


थपिए २४७४ कोरोना संक्रमित, २४ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार १० । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २३२ जनाको स्वाब परीक्षण गर्दा २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ७ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ५७७ जनामा र चार हजार ९७७ जनाको एन्टिजन परीक्षण गर्दा ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २३, ललितपुरमा ६८ र भक्तपुरमा ३३ जना संक्रमित थपिएका हुन् ।