२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अपाङ्गता भएका व्यक्तिहरुलाई खोपको व्यवस्था गर्न सरकारसँग माग


0
Shares

अर्घाखाँची । राष्ट्रिय अपाङ महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले कोरोनाको जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खोपको व्यवस्था गर्न सरकारसंग माग गर्नु भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघले अर्घाखाँचीमा गरेको कार्यक्रममा उहाँले अपाङ्गता र अशक्त व्यक्तिहरुको सुरक्षाकोलागि सरकार गम्भीर नभएको बताउनुभयो ।

उहाँले अपाङ्ग मध्ये ‘क’ वर्गका रातो कार्ड पाएका अपाङ भएका कुरुवाको रेखदेख गर्नेलाई पनि मासिक रुपमा कुरुवा भत्ता दिलाउन महासंघ लागेको बताउनुभयो ।

समाजमा अझै पनि अपाङ्गता भएका व्यक्ति माथि विभिन्न खालका शारिरीक, मानसिक आर्थिक तथा यौनजन्य यातना यथावत रहेको उहाँको भनाइ छ ।