२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्वीडेनका प्रधानमन्त्रीले विश्वासको मत पाएनन्


0
Shares

एजेन्सी । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन पदमुक्त भएका छन् ।

संसदमा हिजो भएको मतदानमा बहुमत सदस्यहरूले उहाँलाई बिदा गर्ने पक्षमा मत दिएका थिए ।

मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए भने ५१ जन अनुपस्थित भएका थिए ।

३४९ जना सांसद मध्ये १ सय १७ जना मात्रै प्रधानमन्त्री लोफभेनको पक्षमा उभिएका थिए ।

विश्वासको मत नपाएपछि अब प्रधानमन्त्री लोफभेनलाई राजिनामा दिन वा मध्यावधि निर्वाचन घोषणा गर्न एक हप्ताको समय रहेको छ ।

सत्तारुढ दक्षिणपन्थी पार्टीलाई ग्रिन पार्टीले दिएको समर्थन फिर्ता लिएपछि स्विडसि सरकार संकटमा परेको हो ।