Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


म्यानमारमा १ लाख ७५ हजार विस्थापित : राष्ट्रसंघ


0
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघले म्यानमारमा सेनाले सत्ता हत्याए यताको ५ महिनाको अवधिमा १ लाख ७५ हजार मानिसले थातथलो छाडेको जनाएको छ ।

म्यानमारका लागि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि क्रिश्टिन स्क्रानर बर्जनरले सुरक्षा परिषदलाई करीब १० हजार शरणार्थी भारत र थाईल्याण्ड भागेको जानकारी दिनुभएको छ ।

विशेष प्रतिनिधिले म्यानमारको अहिलेको अवस्था निकै चिन्ताजनक र खराब रहेको पनि बताउनु भएको छ ।

यसबीचमा ६ सय जना मारिएको, ६ हजार जना पक्राउ परेको र सय जना मानिस अहिले पनि हराईरहेको भन्दै उहाँले पक्राउ परेका मध्ये ५ हजार जना अहिले पनि थुनामा रहेको बताउनुभयो ।

थात थलो छाडेका मध्ये अधिकांश स्थानीय स्तरमै विस्थापित बनेको बनेको उहाँको भनाइ थियो ।

अर्को वर्षसम्म म्यानमारको आधा जनसंख्या गरिबीको रेखामुनि जानसक्ने जानकारी आफूले सुरक्षा परिषदलाई दिएको भन्दै विशेष प्रतिनिधि बर्जनरले म्यानमारको सैनिक कु लाई हेर्ने विषयमा सुरक्षा परिषदमा मतैक्यता नभए पनि मानवीय पक्षलाई ध्यानमा राख्दै सहमतिमा आउनुपर्ने बताउनुभयो ।