भारतले आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना खोप दिने • Image Khabar Image Khabar


भारतले आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना खोप दिने


Imagekhabar
७ असार २०७८, सोमबार ०९:२०

भारतले आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना खोप दिने

एजेन्सी । भारतले आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई निःशुल्क कोरोना भाइरस विरुद्धको खोप दिइने महाअभियान सुरू गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरे अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई निःशुल्क खोप लगाइने महाअभियान आजबाट सुरू गरिएको हो ।

खोप महाअभियामा लाग्ने खर्च सबै केन्द्र सरकारले ब्यहोर्ने छ । तर निजी अस्पतालल खोप लगाएमा लागि तोकिएको शुल्क तिर्नुपर्ने छ ।

खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्ने छ र विभिन्न राज्यमा निःशुल्क वितरण गरिने छ ।

सरकारले यो वर्षभित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन राखेको लक्ष्य अनुरुप सुरू भएको यो अभियानले जुन महिनासम्ममा ३० करोड नागरिकले लगाउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्