२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


स्याङ्जामा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थपियो


0
Shares

स्याङ्जा, असार ६ । स्याङ्जामा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

असार ७ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ।

जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो ।

जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ ।

निजी सवारी साधनमा जोर बिजोर प्रणली शुरु भएको छ भने बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्ग हुँदै अन्य जिल्ला जाने यात्रुवाहक सवारी साधनहरुबाट जिल्ला भित्र यात्रु चढाउन र ओराल्न नपाउने गरी आवागमन गर्न बाधा नपर्ने ।
औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ देखि १२ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।

अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ । स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो ।

कोरोनाको दोस्रो लहरसँगै जिल्लामा हालसम्म ९४ ज्यान गुमाएका छन् भने ३ हजार ७१ जना संक्रमित मध्ये हाल ४ सय ३६ सक्रिय संक्रमित रहेका छन् ।