
काठमाडौं, असार ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिनुभएको छ ।
आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुनः निर्माणका कामहरुलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिनुभएको हो ।
उहाँले आफु पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफु आएर हेर्नसक्ने बताउनुभयो ।
मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध जनाइरहेको सन्दर्भमा उहाँले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले पशुपति क्षेत्रलाई तपोभुमिको रुपमा विकास गर्ने ध्येय रहेको बताउनुभयो ।
उहाँले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
पशुपति क्षेत्र विकास कोषले दाताहरुको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिर को निर्माण गर्न लागेको सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्