बाख्राको गोठबाट दुई बन्दुकसहित जनावरलाई पासो लगाउने जालो बरामद « Image Khabar


बाख्राको गोठबाट दुई बन्दुकसहित जनावरलाई पासो लगाउने जालो बरामद


Imagekhabar
५ असार २०७८, शनिबार २०:२६

कपिलवस्तु । बाख्राको गोठबाट प्रहरीले दुई थान बन्दुक तथा जनावरलाई पासो लगाउने जाल बरामद गरेको छ ।

जिल्लाको कृष्णनगर नगरपालिका–८ लोहरौला बस्ने अस्लम मुसलमानको घरबाट १ कि.मी.उत्तर पुर्व पर्ने आफ्नै खेतमा फुसले छाएको कच्ची बाख्रा गोठमा लुकाई राखेको हातहरियार प्रहरीले बरामद गरेको छ ।

गोप्य सूचनाको अधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाएर राखेको अवस्थामा हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

हाथहथियारमा १२ बोर, बन्दुक २ थान, सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड) ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, अं.३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

अस्लम मुसलमानको खोत तलास तथा हाथहथियार बारे अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्