८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


विश्व बैंकद्वारा नेपाललाई ९ सय ८२ वटा अक्सिजन कन्सेन्ट्रेटर सहयोग


0
Shares

काठमाडौं । विश्व बैंकले नेपाललाई ९ सय ८२ थान १० लिटर क्षमताका अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको छ ।

कोभिड–१९ महामारीविरुद्ध उपचार तथा दीर्घकालीन अक्सिजन आपूर्ति क्षमता बढाउनका लागि सहयोग गरिएको बैंकले जनाएको छ । विश्व बैंकको आर्थिक सहयोगमा यूएनओपीएसमार्फत् अक्सिजन कन्सेन्ट्रेटर ल्याइएको हो ।

विश्व बैंकले नेपाललाई महामारीमा तत्काल प्रतिकार्य, कोभिड खोप खरिद र स्वास्थ्य प्रणाली सुधार तथा तयारीका लागि १ सय ४ मिलियन डलर सहयोग गरेको छ ।

विश्व बैंकका देशीय निर्देशक फरिस हजदद–जर्भोसले विपत्तिमा नेपाल सरकार र विकास साझेदारहरूसँग सहकार्य गरी नेपाल र नेपालीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।