Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


लुम्बिनी प्रदेश : कर्मचारीको तलब बढ्यो


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड बढीको बजेट ल्याएको छ। मंगलबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले आर्थिक वर्ष २०७८र७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत गरेका हुन्।

बजेटमा चालु खर्चतर्फ १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार विनियोजन गरिएको छ। कुल बजेटमा पुँजीगततर्फ ३६।४७ प्रतिशत छ भने पुँजीगततर्फ ५१।७१ प्रतिशत छुट्याइएको छ। स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख र कुल बजेटमा स्थानीय तह वित्तीय हस्तान्तरणको अंश ११।८२ प्रतिशत छ।

प्रदेशले आन्तरिक राजस्वबाट ४ अर्ब २९ करोड ५० लाख ५० हजार उठाउने लक्ष्य लिएको छ। राजस्व बाँडफाँटबाट १३ अर्ब २० लाख र रोयल्टी बाँडफाँटबाट १ अर्ब १ लाख ५० हजार छ। वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब २ करोड ९७ लाख र ससर्त अनुदानबाट ६ अर्ब २३ करोड ३ लाख खर्च व्यवस्थापन हुनेछ। त्यस्तै समपूरक अनुदानबाट ७२ करोड १६ लाख, विशेष अनुदानबाट २३ करोड ४९ लाख र चालु आवको बचतबाट ७ अर्ब ५ करोड चालु वर्षको बचतबाट व्यवस्थापन हुने अनुमान गरिएको छ। स्वास्थ्य र कृषि क्षेत्रलाई बजेटले जोड दिए पनि योजनाहरू भने पुरानै छन्। शिक्षा, पूर्वाधार, पर्यटन, उद्योगतर्फका योजना पनि पुरानै छन्।

नागरिक