Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


कृष्ण थापालाई पुनर्बहाली गर्ने अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका निवर्तमान सांसद् कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयले दायर गरेको रिटमा सुनुवाइ गर्दै विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालासले कृष्ण थापालाई पुनर्वहाली गर्ने यसअघिको अन्तरिम आदेशलाई खारेज गरिदिएको हो ।

‘यस अदालतबाट जारी अन्तरिम आदेश पश्चतात परिस्थितिमा परिर्वतन भइ हाल विपक्षी निवेदशक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी कृष्ण थापालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भनी अदालतबाट २०७८ जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयनमा हाल आवश्यकता र उपयुक्तता रहिरहेको नदेखिँदा सो आदेशलाई खारेज गरिएको छ ।’

सर्वोच्चको आदेशसँगै कृष्ण थापा अब गण्डकी प्रदेशसभाको सांसद् पदमुक्त भएका छन् । यसअघि सर्वोच्चले अन्तरिम आदेश दिएर पुनर्बहाली गरे पनि पुनः पार्टीले उनलाई पदमुक्त गरेको थियो । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत र मतदान गर्ने क्रममा पार्टीको ह्वीप उल्लंघन गरेपछि थापालाई पार्टीले कारबाही गर्दै पदबाट हटाएको थियो ।