उपत्यकामा केही खुकुलो बनाउँदै एक साता निषेधाज्ञा थप्ने तयारी, सिडियोहरुको बैठक जारी • Image Khabar Image Khabar


उपत्यकामा केही खुकुलो बनाउँदै एक साता निषेधाज्ञा थप्ने तयारी, सिडियोहरुको बैठक जारी


Border circle
Imagekhabar

ktm cdo office

काठमाडौं, जेठ ३० । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ ।

यसका लागि अहिले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकरीहरुको बैठक बसिरहेको छ ।

पछिल्लो समय उपत्यकामा संक्रमण दर घट्दै गएको भन्दै निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भैरहेको बुझिएको छ ।

बैठकमा निषेधाज्ञाको मोडालिटीबारे छलफल भैरहेको बताइएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्