२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय श्रम सम्मेलन


0
Shares

काठमाडौं, जेठ २८ । यतिखेर अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औ बैठक जारी छ ।

कोरोना महामारीका कारण पहिलो पटक भर्चुअल माध्यमबाट सम्मेलन भइरहेको हो ।

१७६ भन्दा वढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ बैठक जून ३ देखि १८ सम्म सञ्चालन हुनेछ । श्रम सम्मेलनमा कोभिड–१९ महामारीको संकटबाट मुक्त हुन अपनाउन पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुनर्उत्थान, सामाजिक सुरक्षा, अन्र्तराष्ट्रिय श्रम संगठन शताव्दी घोषणाको कार्यान्वयन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

बैठकमा शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले नेपालको रोजगारदाताको तर्फबाट संवोधन गर्नुभयो ।

उहाँले महामारीबाट भएको आर्थिक सामाजिक नोक्सानीको क्षतिपुर्ति हुन केही वर्ष लाग्ने हुंदा सबै मुलुक बीचको आपसी सहयोग र सहकार्यका लागि अनुरोध गर्नुभएको छ ।

मुलुकमा असल श्रम सम्बन्धको प्रवद्र्धनका साथै महामारीबाट सिर्जित परिस्थितिको सामना गर्न रोजगारदाताले ट्रेड यूनियनसंगको संवादलाई महत्व दिएको र लकडाउन अवधिको ज्याला भुक्तानी लगायतका विषयमा सहमति समेत गरेको उहाँले जानकारी गराउनुभयो ।